Logo
Logo

दल दर्ताका लागि निवेदन दिने दलको संख्या २४ पुग्यो


378
Shares

काठमाडौं । निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिने दलको संख्या २४ पुगेको छ । आज मात्रै चार नयाँ दलले आयोगमा दर्ता निवेदन पेश गरेका छन् ।

The current image has no alternative text. The file name is: Nirbachan-Aayog.jpg

नयाँ निवेदन पेश गरेका दलमध्ये ऊर्जाशील पार्टी पनि छ, जसको नेतृत्व योगेन्द्र मण्डल रहने बताइएको छ । अन्य दलहरूमा सुन्दर नेपाल निर्माण पार्टी चन्द्रप्रकाश सुवेदी नेतृत्व, राष्ट्र निर्माण पार्टी सविन सिग्देल नेतृत्व, र नागरिक सर्वोच्चता पार्टी नेपाल रत्नप्रसाद श्रेष्ठ नेतृत्व० समावेश छन् ।

खगेन्द्र सुनारको नेतृत्वमा रहेको हाम्रो पार्टी नेपालले पनि दर्ताका लागि निवेदन दिएको छ। यस पार्टीले चुनाव चिह्नका रूपमा “गोलो घेराभित्र राम्रो जनाउने” प्रतीक प्रस्ताव गरेको छ ।

यसअघि जनयुग पार्टी नवराज सुवेदी नेतृत्वले पनि आवश्यक कागजातसहित निर्वाचन आयोगमा दर्ताका लागि निवेदन पेश गरेको थियो ।

निर्वाचन आयोगका अनुसार, जेनजी आन्दोलनअघि ९ दल र आन्दोलनपछि १५ दलले दल दर्ताका लागि निवेदन दिएका थिए, जसबाट हालसम्म कुल २४ दल दर्ताका लागि निवेदन पेश भइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्