Logo
Logo

बलिउड अभिनेत्री जरीन खानको निधन


2.1k
Shares

काठमाडौं । बलिउड अभिनेत्री जरीन खानको ८१ वर्षको उमेरमा शुक्रवार निधन भएको छ । जरीन खान प्रसिद्ध अभिनेता संजय खानकी श्रीमती हुन् । जरीन खानको शुक्रवार बिहान मुम्बईको जुहूस्थित आफ्नै घरमा हृदयघातका कारण निधन भएको परिवारले जानकारी दिएको छ ।

The current image has no alternative text. The file name is: zareena.jpg

विवाहअघि हिन्दू भएकी जरीन खानको हिन्दू रीतिरिवाज अनुसार दाहसंस्कार गरिएको बताइएको छ । मुम्बईको विले पार्लेस्थित हिन्दू श्मशानघाटमा जरीन खानको अन्त्येष्टिमा धेरै प्रमुख बलिउड स्टारहरू उपस्थित थिए।

संजय खानसँग विवाह गर्नुअघि उनको नाम जरीन वर्तक थियो र उनले देव आनन्दको फिल्म तेरे घर के सामनेमा देव आनन्दको सचिवको भूमिका निर्वाह गरेकी थिइन् । जरीन खानले फिल्म एक फूल दो मालीमा पनि भूमिका निर्वाह गरेकी थिइन् । उनले आफ्नो सुरुवाती दिनहरूमा मोडलिङ पनि गरिन् र त्यसपछि अभिनयको दुनियाँमा प्रवेश गरेकी थिइन् ।

जरीन वर्तक र संजय खानको विवाह १९६६ मा भएको थियो । उनी अभिनेता जायद खान, सुजैन खान ९ऋतिक रोशनकी पूर्व पत्नी० र डिजाइनर फराह अली खानकी आमा हुन् ।

प्रतिक्रिया दिनुहोस्