Logo
Logo

जितेर पनि हारेका प्रचण्ड, हारेर पनि जितेका माधव


भूपेन्द्र थापा ‘माधव’

5k
Shares

सिंहदरबारसम्म पुग्ने योजनाले पूरै बयालिस सूत्रीय माग पूरा नहुँदा रन्थनिएका माओवादी नेतृत्वले नेपाली जनताका लाखौँ लिटर रगत र त्यही दिल्ली स्थापित सन्धिसँगको मिलापमार्फत २०६२ सालमा सार्वजनिक भएको सम्झौता तय ग¥यो । ती दिनका उग्र वक्ता, टाई–सुटमा सुसज्जित नेता प्रचण्डले सांसभरि माओवादी मार्गदर्शक सिद्धान्त अपनाइने कसम खाए । तर बीस वर्षको खुल्ला राजनीतिका बाटो कट्दै गर्दा उनै नेताले आँफू, आफ्नो पार्टी र मुलुकलाई अनावश्यक अराजकतासम्म धकेलेका रहेछन् ।

२००७ सालदेखि रोकिएको राष्ट्रिय संविधान लेख्ने काम अन्ततः दुई चरणको संविधानसभा निर्वाचन पछि पूरा भयो । र, २०७२ सालमा नेपाली जनताले ‘नेपालको संविधान २०७२’ पायो । त्यो संविधान सार्वजनिक गर्दा तत्कालीन सभामुख सुवाचन्द्र नेम्वाङले पुस्तकलाई तीनचोटी ढोग्दा पनि सभामण्डपमा ताली गडगडाहट भयो । त्यसबेला अग्रपङ्क्तिमा बसेका प्रचण्ड खुलेर मुस्कुराउँदै गर्वले भरिएका थिए । उनमा ‘यो सबै मैले गराएँ’ भन्ने आत्मसन्तुष्टि प्रस्ट देखिन्थ्यो ।

त्यसै समयमा सुशील कोइरालासँग लाजिम्पाटले केही तिरस्कार झेलेको अनुभव ग¥यो । कारण स्पष्ट थियो– दश वर्षे सशस्त्र युद्धको समाप्तिमा तिनकै पहल निर्णायक बनेको थियो । तर राजनीतिमा घुम्ती फेरिँदै, नेकपा एमालेले राज्यको चाबी सम्हालेको देखिहुँदै, दैवी प्रकोप भूकम्पले सबै कुरा उल्टायो । २०७४ सालको निर्वाचनमा व्यापक बाम गठबन्धनका साथ नेकपा सरकार गठन भयो ।

इतिहासमा कहिलेकाहीँ घरभित्रका झगडाले ठूलो भूकम्प ल्याउँछन् । एकातिर गठबन्धनको सरकारलाई घरेलु (छिमेकी) आँखाले सन्देहको नजरले हेर्न थालियो । अर्कोतिर नेकपामा बढेको आन्तरिक कलहले तहल्का मच्चायो । ओली नेतृत्वको सरकारमाथि नाकाबन्दी र भारतसँगको द्वन्द्वले राष्ट्रिय नारा जति बलियो बन्यो, उति नै आन्तरिक विरोध–विवादले राजनीतिक सन्तुलन कलहग्रस्त भयो ।

काँग्रेसले आफ्नै राजनीतिक स्वार्थ र विभाजनवादी रणनीतिले कम्युनिस्टहरूको कमजोर परिस्थितिको फाइदा उठाउने कोसिस ग¥यो । र, त्यसैले गठबन्धनको उतारचढाव र पार्टी फुटले जनतामा व्यापक निराशा र अस्थिरता फैलियो । त्यसपछि सवै वाम शक्तिहरु एक ठाउँमा उभिन सकेन । कम्यिुष्टिहरूको सहकार्य कांग्रेससँग भयो । ओली, प्रचण्ड र माधवले कांग्रेससँग बारम्बार सहकार्य गरे । गत भन्दै २३–२४ गतको जेनजी आन्दोलनसम्म पनि कम्युष्टिनको सहकार्य कांग्रेससँगै थियो ।

जेनजी आन्दोलनले ओली सरकारलाई सत्ताच्युत ग¥यो । त्यसैको बलमा प्रचण्डले मौका छोप्ने प्रयास गरे । उनले आन्दोलनमा आफ्नो पनि केही कमजोरी भएको स्वीकार गरे र ओलीप्रति नरम बनेको संकेत गरे । त्यो बखत प्रचण्डले ‘गुट फूट त्यागौँ, सबै वामपन्थी एक हौं’ भन्ने घोषणा गरेपनि हतारमा व्यवस्थापन गर्ने क्षमताले प्रश्न खडा ग¥यो ।

वाम एकता गरेर जाने प्रचण्डको प्रयासले आफ्नै पार्टीमा फुट निम्त्यायो । विभाजन र पुनर्गठनले पुरानो वैचारिक स्थिरतामा दरार ल्यायो । आफ्ना सशस्त्र विद्रोहका महारथी जनार्दन शर्मा र अरू कमाण्डरहरू पार्टी मार्गबाट अलगिए । जसरी उठ्नेहरू चढ्दै गएर नचढ्नेहरू छुट्दै गए, प्रचण्डकै अगाडीको मार्ग धुमिल बन्न थाल्यो । गन्तव्य नै अनिश्चित रह्यो ।

प्रश्न उठ्छ– प्रचण्ड किन यति ठूलो रुपमा कमजोर भए ? त्यो प्रश्नको जवाफ मात्र नेतृत्वको अकर्मण्यतामा छैन । विचार र सिद्धान्तमा भएको उल्झन पनि छ । जसले एक समय ‘माओवादी मार्गदर्शक सिद्धान्त’लाई जीवनभर अपनाउने प्रतिज्ञा गरेको थियो । आज भने पार्टी र सिद्धान्तलाई परित्याग गर्दै नयाँ नै सिद्धान्त (माक्र्सवाद–लेनिनवाद र बहुदलीय जनवाद) अंगाल्न पुगेको देखिन्छ । त्यो विचलनले पुरानो क्रान्तिकारी विरासतलाई चीरहरण ग¥यो । र, जनताले दिएको बलिदानको स्मृतिलाई पनि कमजोर बनायो ।

त्यसैगरी, माधव नेपालको कथा भिन्न छ । तात्कालिक सत्ता संघर्ष र वैचारिक परिर्वतनबीच पनि उनले जगेडा रहेर प्रचण्डलाई राजनीतिक तथा सैद्धान्तिक रूपमा पराजित बनाए । माधवले आफ्ना रणनीतिहरू र व्यवहारिक निर्णयमार्फत प्रचण्डलाई जीवनको उत्तरार्धमा आफ्नो झैँ बनाइदिए । यसकारण पनि उनले हारेर पनि जिते ।

अन्ततः यो कहानी केवल दुई व्यक्तिको विजय–पराजय होइन यो वैचारिक वक्रता, नेतृत्वको सहजता–दुर्बलता र इतिहासले लेखेका उत्तरहरूको कहानी हो । प्रचण्डले बोकेको विचारसँगै आफैले हारे, माधवले आलोचकहरूले अवहेलना गरे पनि विचार र व्यवहारमा आफूलाई परिष्कृत गरी अन्ततः जित हासिल गरे ।

प्रतिक्रिया दिनुहोस्