
सिंहदरबारसम्म पुग्ने योजनाले पूरै बयालिस सूत्रीय माग पूरा नहुँदा रन्थनिएका माओवादी नेतृत्वले नेपाली जनताका लाखौँ लिटर रगत र त्यही दिल्ली स्थापित सन्धिसँगको मिलापमार्फत २०६२ सालमा सार्वजनिक भएको सम्झौता तय ग¥यो । ती दिनका उग्र वक्ता, टाई–सुटमा सुसज्जित नेता प्रचण्डले सांसभरि माओवादी मार्गदर्शक सिद्धान्त अपनाइने कसम खाए । तर बीस वर्षको खुल्ला राजनीतिका बाटो कट्दै गर्दा उनै नेताले आँफू, आफ्नो पार्टी र मुलुकलाई अनावश्यक अराजकतासम्म धकेलेका रहेछन् ।
२००७ सालदेखि रोकिएको राष्ट्रिय संविधान लेख्ने काम अन्ततः दुई चरणको संविधानसभा निर्वाचन पछि पूरा भयो । र, २०७२ सालमा नेपाली जनताले ‘नेपालको संविधान २०७२’ पायो । त्यो संविधान सार्वजनिक गर्दा तत्कालीन सभामुख सुवाचन्द्र नेम्वाङले पुस्तकलाई तीनचोटी ढोग्दा पनि सभामण्डपमा ताली गडगडाहट भयो । त्यसबेला अग्रपङ्क्तिमा बसेका प्रचण्ड खुलेर मुस्कुराउँदै गर्वले भरिएका थिए । उनमा ‘यो सबै मैले गराएँ’ भन्ने आत्मसन्तुष्टि प्रस्ट देखिन्थ्यो ।
त्यसै समयमा सुशील कोइरालासँग लाजिम्पाटले केही तिरस्कार झेलेको अनुभव ग¥यो । कारण स्पष्ट थियो– दश वर्षे सशस्त्र युद्धको समाप्तिमा तिनकै पहल निर्णायक बनेको थियो । तर राजनीतिमा घुम्ती फेरिँदै, नेकपा एमालेले राज्यको चाबी सम्हालेको देखिहुँदै, दैवी प्रकोप भूकम्पले सबै कुरा उल्टायो । २०७४ सालको निर्वाचनमा व्यापक बाम गठबन्धनका साथ नेकपा सरकार गठन भयो ।
इतिहासमा कहिलेकाहीँ घरभित्रका झगडाले ठूलो भूकम्प ल्याउँछन् । एकातिर गठबन्धनको सरकारलाई घरेलु (छिमेकी) आँखाले सन्देहको नजरले हेर्न थालियो । अर्कोतिर नेकपामा बढेको आन्तरिक कलहले तहल्का मच्चायो । ओली नेतृत्वको सरकारमाथि नाकाबन्दी र भारतसँगको द्वन्द्वले राष्ट्रिय नारा जति बलियो बन्यो, उति नै आन्तरिक विरोध–विवादले राजनीतिक सन्तुलन कलहग्रस्त भयो ।
काँग्रेसले आफ्नै राजनीतिक स्वार्थ र विभाजनवादी रणनीतिले कम्युनिस्टहरूको कमजोर परिस्थितिको फाइदा उठाउने कोसिस ग¥यो । र, त्यसैले गठबन्धनको उतारचढाव र पार्टी फुटले जनतामा व्यापक निराशा र अस्थिरता फैलियो । त्यसपछि सवै वाम शक्तिहरु एक ठाउँमा उभिन सकेन । कम्यिुष्टिहरूको सहकार्य कांग्रेससँग भयो । ओली, प्रचण्ड र माधवले कांग्रेससँग बारम्बार सहकार्य गरे । गत भन्दै २३–२४ गतको जेनजी आन्दोलनसम्म पनि कम्युष्टिनको सहकार्य कांग्रेससँगै थियो ।
जेनजी आन्दोलनले ओली सरकारलाई सत्ताच्युत ग¥यो । त्यसैको बलमा प्रचण्डले मौका छोप्ने प्रयास गरे । उनले आन्दोलनमा आफ्नो पनि केही कमजोरी भएको स्वीकार गरे र ओलीप्रति नरम बनेको संकेत गरे । त्यो बखत प्रचण्डले ‘गुट फूट त्यागौँ, सबै वामपन्थी एक हौं’ भन्ने घोषणा गरेपनि हतारमा व्यवस्थापन गर्ने क्षमताले प्रश्न खडा ग¥यो ।
वाम एकता गरेर जाने प्रचण्डको प्रयासले आफ्नै पार्टीमा फुट निम्त्यायो । विभाजन र पुनर्गठनले पुरानो वैचारिक स्थिरतामा दरार ल्यायो । आफ्ना सशस्त्र विद्रोहका महारथी जनार्दन शर्मा र अरू कमाण्डरहरू पार्टी मार्गबाट अलगिए । जसरी उठ्नेहरू चढ्दै गएर नचढ्नेहरू छुट्दै गए, प्रचण्डकै अगाडीको मार्ग धुमिल बन्न थाल्यो । गन्तव्य नै अनिश्चित रह्यो ।
प्रश्न उठ्छ– प्रचण्ड किन यति ठूलो रुपमा कमजोर भए ? त्यो प्रश्नको जवाफ मात्र नेतृत्वको अकर्मण्यतामा छैन । विचार र सिद्धान्तमा भएको उल्झन पनि छ । जसले एक समय ‘माओवादी मार्गदर्शक सिद्धान्त’लाई जीवनभर अपनाउने प्रतिज्ञा गरेको थियो । आज भने पार्टी र सिद्धान्तलाई परित्याग गर्दै नयाँ नै सिद्धान्त (माक्र्सवाद–लेनिनवाद र बहुदलीय जनवाद) अंगाल्न पुगेको देखिन्छ । त्यो विचलनले पुरानो क्रान्तिकारी विरासतलाई चीरहरण ग¥यो । र, जनताले दिएको बलिदानको स्मृतिलाई पनि कमजोर बनायो ।
त्यसैगरी, माधव नेपालको कथा भिन्न छ । तात्कालिक सत्ता संघर्ष र वैचारिक परिर्वतनबीच पनि उनले जगेडा रहेर प्रचण्डलाई राजनीतिक तथा सैद्धान्तिक रूपमा पराजित बनाए । माधवले आफ्ना रणनीतिहरू र व्यवहारिक निर्णयमार्फत प्रचण्डलाई जीवनको उत्तरार्धमा आफ्नो झैँ बनाइदिए । यसकारण पनि उनले हारेर पनि जिते ।
अन्ततः यो कहानी केवल दुई व्यक्तिको विजय–पराजय होइन यो वैचारिक वक्रता, नेतृत्वको सहजता–दुर्बलता र इतिहासले लेखेका उत्तरहरूको कहानी हो । प्रचण्डले बोकेको विचारसँगै आफैले हारे, माधवले आलोचकहरूले अवहेलना गरे पनि विचार र व्यवहारमा आफूलाई परिष्कृत गरी अन्ततः जित हासिल गरे ।














