Logo
Logo

अमेरिकी उद्योगका लागि विदेशी दक्ष जनशक्ति अपरिहार्य : ट्रम्प


504
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा दक्ष र प्रतिभाशाली जनशक्तिको अभाव रहेको स्वीकार गरेका छन् ।

The current image has no alternative text. The file name is: trump.gif

फक्स न्युजसँगको अन्तर्वार्तामा एच–१बी भिसाबारे बोल्दै उनले भने, “हामीसँग पर्याप्त ट्यालेन्ट छैन, त्यसैले बाहिरबाट ल्याउनुपर्छ।”

जर्जियामा ब्याट्री उद्योगमा कार्यरत दक्षिण कोरियाली आप्रवासीहरूको उदाहरण दिँदै ट्रम्पले भने, ती आप्रवासीहरूलाई देशबाट निकाल्न नसकिने, किनकि उनीहरूका सीप अमेरिकालाई आवश्यक छन् ।

उनले अमेरिकी बेरोजगारहरूलाई उच्च प्रविधिक क्षेत्रमा तुरुन्तै प्रयोग गर्न नसकिने भन्दै दक्ष जनशक्ति आयात नगरी लगानी आकर्षित गर्न कठिन हुने बताए ।

गत सेप्टेम्बरमा ट्रम्प प्रशासनले एच–१बी भिसा आवेदन शुल्क एक लाख डलरसम्म बढाएको थियो ।

प्रतिक्रिया दिनुहोस्