जर्जिया । जर्जियामा भएको कार्गो विमान दुर्घटनामा टर्कीका आफ्ना २० सैनिकको ज्यान गएको टर्की रक्षा मन्त्रालयले पुष्टि गरेको छ, समाचार संस्था रोयटर्सले जनाएको छ ।

अजरबैजानबाट टर्कीका लागि उडेको सी–१३० हर्कुलस सैन्य कार्गो विमान हिजो दुर्घटनाग्रस्त भएको थियो। दुर्घटनाको कारण अहिलेसम्म पत्ता लागिसकेको छैन।
टर्की र जर्जियाली अधिकारीहरूले काखेती जिल्लाको सिघनाघु नगरपालिकामा घटनास्थलमा निरीक्षण सुरु गरेका छन्।
अमेरिकामा निर्मित सी–१३० हर्कुलस विश्वभरका वायुसेनाले प्रयोग गर्ने बहुउद्देश्यीय विमान हो, जसले कार्गो, सेना र उपकरण बोक्न सक्छ र उडानका लागि तयारी नभएका धावनमार्ग पनि प्रयोग गर्न सक्छ।











