Logo
Logo

सार्क : कोरोना नियन्त्रणमा सहकार्य खोई ?


- श्याम रिमाल


– श्याम रिमाल

गत मार्च १३ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आकस्मिक रुपमा सार्क राष्ट्रका प्रमुखहरुलाई कोरोना भाइरससँग लड्नका लागि सामूहिक रणनीति तयार गर्न भर्चुअल मिटिङका लागि आग्रह गरे । जसको कारण सबै साकै राष्ट्र उत्साहित बने । आफ्ना नागरिकलाई कोरोना भाइरसबाट जोगाउने उद्देश्यले मार्च १५ मा भएको भिडिओ कन्फरेन्समा सबै राष्ट्रबाट उच्चस्तरमै सहभागिता भयो । पाकिस्तानबाहेक (जसले प्रधानमन्त्रीका स्वास्थ्य सहायकलाई पठाएको थियो) । उक्त कम्फरेन्समा भारतले कोरोना भाइरस आकष्मिक कोषको प्रस्ताव राख्दै आफ्नो तर्फबाट उक्त कोषमा एक करोड डलर राख्ने प्रतिबद्धता जनायो । र अन्य राष्ट्रलाई स्वेच्छिकरुपमा योगदान गर्न आग्रह ग¥यो । अप्रिल १० सम्म कुल दुई करोड १८ लाख डलर सो कोषमा जम्मा भइसकेको छ । यसबाट सार्कले पुनः गति पाएको आकलन गरिएको थियो । सन् २०१४ मा नेपालमा भएको १८औँ शिखर सम्मेलनपछि २०१६ नोभेम्बरमा हुने भनिएको १९ औँ सम्मेलन भारत प्रशासित जम्मु र कश्मिरको उरीमा भएको हमलापछि भारतले सो सम्मेलनमा भाग नलिने निर्णय ग¥यो । सोही वर्ष सेप्टेम्बरमा भारतको गोवामा भएको ब्रिक्स(ब्राजिल, भारत, चीन र दक्षिण अफ्रिकाको समूह) सम्मेलनमा बिम्स्टेक समूहका सरकार तथा राष्ट्र प्रमुखलाई बोलाएर भारतले सार्कलाई उपेक्षा गरेको भान परिसकेको थियो ।

सार्क सङ्गठनको गतिमा आएको मन्दताबीच भारतको अगुवाइमा मार्चमा भएको कोरोना भाइरसविरुद्धको सार्क सम्मेलनले यसको पुनर्जीवनका लागि केही आशा ल्याइदिए पनि प्रत्यक्ष सम्मेलन हुन सकेको थिएन । संयुक्त राष्ट्र सङ्घको महासभाका सिलसिलामा हुने सार्क मन्त्रिपरिषद् बैठकमा पनि भारत पाकिस्तानबीचको मनमुटाव विद्यमान नै रह्यो । हालैको राष्ट्र सङ्घको ७५ औँ महासभाका सिलसिलामा हुने सार्क मन्त्रिपरिषद्को बैठक नेपालले यस पटक भर्चुअल रुपमा आयोजना ग¥यो र १९ औँ सार्क सम्मेलन जतिसक्दो छिटो गर्न तथा सङ्गठनलाई नयाँ उचाइ र गति दिन आह्वान ग¥यो । बैठकमा पाकिस्तानका तर्फबाट साकै सम्मेलन आयोजना गर्न आतुर रहेको अभिव्यक्ति दिए पनि भारतले सीमापार आतकङ्वाद, कनेक्टिभिटीमा रोक र व्यापारमा अवरोधमाथि विजय प्राप्त गरेमा मात्र शान्त, समृद्ध र स्थिर दक्षिण एशिया देख्न पाउने कुरा गरेर सम्मेलनको महत्वलाई टारिदियो । जुन उसको पुरानै भाषा हो ।

विश्व जनसङ्ख्याको एक चौथाइको घर दक्षिण एशियामा साझा भाषा, संस्कृति र भूराजनीतिक इतिहास छ । तापक्रम वृद्धि र जलवायु परिवर्तन बढ्दो छ । भोक, गरीबी, कुपोषण, फोहर, अशिक्षा, अन्धविश्वास, लैङ्गिक असमानता, ठूलो सङ्ख्यामा बसाइँसराइ यस क्षेत्रको साझा समस्या हुन्् । आन्तरिक द्वन्द्वका कारण रक्षा क्षेत्रमा धेरै बजेट विनियोजन हुने गरेको छ । कमजोर सार्वजनिक स्वास्थ्य सुरक्षा पूर्वाधार पनि यहाँका साझा समस्या हो । अन्तरक्षेत्रीय व्यापार पाँच प्रतिशत पनि पुग्दैन । दक्षिण एशियाली जनताको कल्याण गर्ने, सामूहिक आत्मनिर्भरता बढाउने, सहयोग र साझेदारी बढाउने र अन्य क्षेत्रीय तथा अन्तरराष्ट्रिय सङ्गठनहरुसँग सहयोग गर्ने उद्देश्यले स्थापित सङ्गठन ३५ वर्षे लक्का जवान हुँदा पनि अझै धरमरको अवस्थामा छ ।

दुई देशको विवादास्पद कुरामा छलफल गर्न नपाइने र सबै निर्णय सर्वसहमतिबाट हुने प्रावधान भए पनि सार्क रिट्रिट बैठकमा कतिपय विषयवस्तु छलफल गर्न सकिन्छ । एउटाले अर्कालाई आतङ्कवाद पक्षपोषण गरेको आरोप लगाइरहने र अर्काले खण्डन गरिरहने मात्र गर्दा समस्या निवारण हुँदैन । जम्मु कश्मिरकै विषयमा पनि कि त संयुक्त राष्ट्र सङ्घको मध्यस्थता हुुनुप¥यो कि सार्ककै अनौपचारिक बैठकमा मन्थन हुनुप¥यो । राजनीतिक मामिलाका विषय सल्टाउन अध्यक्षता गर्ने राष्ट्रहरुले पनि पहलकदमी लिनुपर्छ । अहिले नेपालले यस्ता विषयमा छलफल गराउन सके सार्क समृद्धि बन्न सक्छ । नेपाल–भारत सीमा समस्या समाधानमा पनि वार्ताका लागि कूटनीतिक पहल आवश्यक छ ।

कोरोना भाइरसकै बारेमा भारतले पहलकदमी लिइसकेको छ । त्यसपछिका दुई बैठक भारत र पाकिस्तानले आयोजना गरिसकेका छन् । नेपालले भरखरै सार्क मन्त्रिपरिषद्को बैठकको अध्यक्षता गरेर सार्कलाई ब्युँताउन कोशिश गरे पनि यति प्रयास मात्रले पुग्दैन । परम्परागत औषधिमूलो, आयुर्वेद र जडिबुटीमा धनी मानिने नेपालले कोरोनासँग लड्न विभिन्न वैद्य, चिकित्सक (डा. बद्री गौतम, सहप्राध्यापक ललितकुमार दास आदि) ले तयार पारेका औषधि वा खोप तथा सम्भाव्य अन्य वनस्पतिबारे विश्वस्तरमा छलफल चलाउन सक्नुपर्छ । अझ सार्कका चिकित्सक वा आयुर्वेदका ज्ञाता, वैद्य आदिको भर्चुअल सम्मेलन गराई रोगको उपचार, रोकथाम र नियन्त्रणबारे बहस गराउन सके हिमाली र पहाडी क्षेत्रका जडीबुटीबाट कोरोना उपचार सम्भव छ । अहिले पनि कतिपय नेपाली कोरोना संक्रमित भएर पनि गाउँघरकै जडीबुटी खाएर रोग निको भएको उदाहरण छ । झट्ट सुन्दा पत्यार नलागे पनि प्रधानमन्त्री केपी शर्मा ओलीले भनेको बेसारपानीबाट पनि कोरोना संक्रमितलाई फाइदा भएको छ । त्यति मात्र होइन, ‘इम्युन’ पावर बढाउन अहिले घरघरमा ‘गुर्जो’ जडीबुटीको प्रयोग भएको छ । यसबाट पनि कोरोना उपचार सम्भव भएको छ । त्यसैले सार्क देशका आ–आफ्ना अभुनव, सूचनाहरुको व्यापक आदानप्रदान गराउन सार्क डिजएस्टर सेन्टरले पनि भूमिका खेल्नुपर्ने हो । अन्य विकसित राष्ट्रले खोप वा औषधि कहिले तयार पार्लान् र हामीले पाउँलाऔँ भनी कुर्नुभन्दा आफ्नै सिर्जनशीलता देखाउन सक्नुपर्ने हो । नेपालले हाम्रो गुर्जाे, बेसार, कोरोनाघ्नबटीबारे खै विश्वव्यापी प्रचारप्रसार गर्न सकेको ? हाम्रा चिकित्सक र वैद्यलाई खै एक्सपोज गराएको ? नेपालका बुद्धिजीवी, प्राध्यापक, राजनीतिशास्त्री र कूटनीतिज्ञहरुलाई राजनीतिक कूटनीतिक समस्या हल गर्नका लागि नेपालले उपयोग गर्न सक्नुपर्छ भने महाव्याधिका बेला आफ्ना कस्तुरीहरुलाई चिनेर उपयोगमा ल्याउन सक्नुपर्छ । यो नेपालले आफूलाई अनुसरणकर्ता मात्र होइन विश्वगुरु बनेर देखाउने बेला पनि हो ।

[email protected]

प्रतिक्रिया दिनुहोस्