काठमाडौं । जेनजी प्रतिनिधि सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजीका माग पूरा नगरेसम्म निर्वाचनमा सहभागी नहुने स्पष्ट पारेका छन्।

गुरुङले सञ्चारकर्मीहरूसँगको कुराकानीमा भने, “हामी ०८४ को निर्वाचन ०८२ मा सार्न मात्रै लडेका हौँ भन्ने होइन। धेरै शहीद र घाइते भएका छन्, उनीहरूको माग पूरा नगरी हामी चुनावमा जान सक्दैनौं। न्याय नपाएसम्म निर्वाचनमा सहभागी हौं भन्ने अवस्था छैन।”
उनले वर्तमान सरकारको चुनाव केन्द्रित दृष्टिकोणमाथि आपत्ति जनाउँदै शहीद र घाइतेको मागको सम्बोधन आवश्यक भएको जोड दिएका छन्।














