Logo
Logo

राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचनबारे आयोग र दलहरूबीच छलफल


252
Shares

काठमाडौं । निर्वाचन आयोग माघमा हुन राष्ट्रिय सभा निर्वाचन र फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनबारे दलहरूसँग छलफल गरेको छ । कान्तिपथस्थित आयोगको कार्यालयमा भएको छलफलमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्त र राष्ट्रिय मान्यताप्राप्त एवं राष्ट्रियसभामा प्रतिनिधित्व गरिरहेका नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेकपा (माओवादी केन्द्र)लगायत दलका प्रतिनिधि सहभागी थिए ।

The current image has no alternative text. The file name is: election.gif

राष्ट्रिय सभा सदस्यको निर्वाचन आगामी माघ ११ निर्धारण गरिएको छ भने प्रतिनिधि सभा निर्वाचन फागुन २१ मा हुँदै छ । छलफलमा निर्वाचन कार्यतालिका, आवश्यक तयारीका लगायतका विषयमा दलहरूसँग सुझाव मागिएको आयोगका सचिव माहादेव पन्थले जानकारी दिए ।

आयोगले मतदाता नामावली अद्यावधिक गर्न दलहरूसँग सहयोग मागेको छ । अहिले मृत्यु भइसकेका, दोहोरिएका व्यक्तिको नाम सूचीबाट हटाउने कार्य भइरहेको आयोगले जनाएको छ ।  छलफलमा सहभागी दलहरूले आसन्न निर्वाचनमा शान्ति सुरक्षाको प्रत्याभूति हुने पर्ने धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्