Logo
Logo

काँग्रेसको केन्द्रीय समितिमा धारणा राख्ने क्रम सकियो


882
Shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा धारणा राख्ने क्रम सकिएको छ ।  विहिबारको बैठकमा उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीहरू फरमूल्लाह मन्सुर, उमाकान्त चौधरी, भीष्मराज आङ्दम्बे र किशोरसिंह राठौरले आ-आफ्नो धारणा व्यक्त गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

अब कार्यसमितिको बैठक कार्तिक २९ गते दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने पौडेलले जानकारी दिए । कांग्रेस बैठकमा महाधिवेशन कहिले गर्ने भन्नेमा विभाजित भएका छन् । संस्थापन पक्षका केन्द्रीय सदस्यहरूले चुनावपछि महाधिवेशन गर्नुपर्न धारणा राखिरहेका छन् भने संस्थापन इतर पक्षले महाधिवेशन गरेर चुनावमा जानुपर्ने बताउँदै आएका छन् । 

कांग्रेस केन्द्रीय कार्यसमितिको गत असोज २८ मा प्रारम्भ भएको अझै जारी रहेको छ र निर्णयमा पुग्न सकिरहेको छैन । 

प्रतिक्रिया दिनुहोस्