Logo
Logo

आज युवा भेला गर्दै कांग्रेसको विशेष महाधिवेशन पक्षधर


567
Shares

काठमडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले युवा भेला गर्दैछ । विशेष महाधिवेशनका लागि पार्टीमा हस्ताक्षर बुझाएको समूहले आज नयाँ बानेश्वरमा युवा भेला गर्न लागेको हो । युवा भेला शुक्रबार साढे १२ बजेबाट नयाँ बानेश्वरस्थित थापागाउँको एक ब्यांक्वेटमा सुरू हुने विशेष महाधिवेशन पक्षधरले जनाएको छ ।

उनीहरूले बिहीबार थापागाउँमै महिला भेला आयोजना गरेका थिए । विशेष महाधिवेशन पक्षधरले २९ असोजमा १४औं महाधिवेशनका झण्डै ५४ प्रतिशत प्रतिनिधिको हस्ताक्षर कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाएको थियो । २८ असोजबाट सुरू भएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा महाधिवेशनको मितिबारे विवाद छ ।

संस्थापन पक्षले २१ फागुनका लागि तय भएको निर्वाचपछि मात्रै महाधिवशेन गर्नपर्ने पक्षमा छ भने संस्थापन इरत समूह निर्वाचन अगावै पार्टीको नियमित महाधिवेशन हुनुपर्ने अडानमा छ । आगामी पुसमा नियमित महाधिवेशन नभए विशेष महाधिवेशनमा जानुपर्ने इतर समूहको तर्क छ ।

प्रतिक्रिया दिनुहोस्