काठमाडौं । राष्ट्रिय परिचयपत्रको आधारमा मतदाता नामावलीमा नाम दर्ता गर्न सुरु गरे पनि अनलाइन सिस्टममा समस्या आएको छ । बिहीबारदेखि राष्ट्रिय परिचयपत्रको आधारमा मतदाता नामावलीमा नाम दर्ता गर्न थालिएको थियो । तर एकैपटक धेरै सेवाग्राहीले आवेदन दिँदा सिस्टममा समस्या आएको आयोगले जनाएको छ ।

सेवाग्राहीको धेरै चाप हुँदा सिस्टम ह्याङ भएको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिए । अहिले आईटी विज्ञको टोलीले काम गरिरहेको उनले जनाएका छन् ।
मतदाता नामावलीमा नाम दर्ता गर्न समस्या आएको सेवाग्राहीले पनि गुनासो गरेका छन् । लामोसमयसम्म प्रयास अनलाइनबाट आवेदन दिँदा पनि आवेदन स्वीकृत नभएको उनीहरूको गुनासो छ ।














