काठमाडौं । मतदाता नामावली दर्तामा देखिएको उत्साह र चापलाई ध्यानमा राखी प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगलाई म्याद थपका लागि आग्रह गरेकी छन् ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त राम्रसाद भण्डारीसँग शुक्रबार अपराह्न टेलिफोनमा कुराकानी गर्दै प्रधानमन्त्री कार्कीले म्याद थपका लागि आग्रह गरेका उनका प्रेस संयोजक राम रावलले जानकारी दिए ।
यसबारे आयोग सकारात्मक रहेको र ५ दिन म्याद थप्न सकिने जानकारी दिएको जनाइएको छ । राष्ट्रिय परिचय पत्रको विवरणका आधारमा मतदाता नामावलीमा नाम दर्ता गराउन मिल्ने भएपछि बिहीबारदेखि अनलाइनबाट नाम दर्ता गराउनेको उच्च चाप देखिएको छ।
यसैबीच प्रधानमन्त्री कार्कीले इन्टरनेट सर्भरमा देखिएको समस्याका विषयमा पनि चासो व्यक्त गरेकी थिइन् । त्यो विषय पनि समाधान गर्दै अघि बढिरहेको आयोगले जनाएको छ ।














