Logo
Logo

सन्तोष परियार, सुदन किराँती र दुर्गा सोवबीले मङ्सिर ७ मा एकता घोषणा गर्ने 


1.6k
Shares

काठमाडौ । आज मात्रै रास्वपा छाडेका सन्तोष परियारले, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का संयोजक दुर्गा सोव तथा प्रगतिशील राष्ट्रिय अभियानका संयोजक सुदन किराँतीसँग पाँच बुँदे सहमति गरेका छन् ।

The current image has no alternative text. The file name is: pream-sudan.jpg

देशमा बढ्दै गएको अर्थ-राजनीतिक सङ्कट, भ्रष्टाचार, नातावाद, बेरोजगारी र राजनीतिक दलहरूमा देखिएको व्यापक भ्रष्टीकरणविरुद्ध उभिएको जेनजी आन्दोलनपछि आफूहरू एक ठाउँमा आएको उनीहरूको दाबी छ ।  

पाँच बुँदे सहमति पत्र सार्वजनिक गर्दै अब एकताबद्ध भएर अघि बढ्ने प्रतिबद्धता उनीहरूले गरेका छन् । सहमति पत्रमा विगतका सबै मुक्ति आन्दोलनदेखि जेनजी आन्दोलनसम्म बलिदान भएका सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइते तथा बेपत्ता योद्धाप्रति सम्मान व्यक्त गरिएको छ । 

तीन पक्षबिच नयाँ बन्ने एकीकृत पार्टीको नाम र चुनाव चिन्ह एउटै बनाउने सहमति भएको छ । यसका लागि मङ्सिर ७ गते वृहत् एकता घोषणा कार्यक्रम गर्ने निर्णय गरिएको छ ।

सहमति पत्रमार्फत देश-विदेशमा रहेका प्रगतिशील, लोकतान्त्रिक, वामपन्थी, देशभक्त तथा विशेषगरी जेनजी पुस्तालाई व्यापक राजनीतिक पुनर्संरचनाको अभियानमा सहभागी हुन आह्वान गरिएको छ । साथै भ्रष्ट, अनैतिक र अहङ्कारी प्रवृत्तिलाई चुनावमार्फत परास्त गर्न नयाँ तथा वैकल्पिक शक्ति र युवा पुस्ताबीच हातेमालोको अपिल गरिएको छ ।

सहमतिमा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का संयोजक दुर्गा सोव, प्रगतिशील राष्ट्रिय अभियानका संयोजक सुदन किराँती र राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका निवर्तमान प्रमुख सचेतक सन्तोष परियारका हस्ताक्षर छन् । छलफलमा जनार्दन शर्मा, डा बाबुराम भट्टराईलगायतका नेता सहभागी थिए । 

प्रतिक्रिया दिनुहोस्