Logo
Logo

प्रधानमन्त्रीसहित ८ मन्त्रीले बुझाए सम्पत्ति विवरण, खरेल र गौतम बाँकी


1.4k
Shares

काठमाण्डौ । प्रधानमन्त्री सुशीला कार्की लगायत ८ जना मन्त्रीले आफ्नो सम्पत्ति विवरण पेश गरेका छन्।

The current image has no alternative text. The file name is: pm-4.jpg

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइटमा प्रकाशित जानकारीअनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा शर्मा गौतम बाहेक अन्य ८ जना मन्त्रीले आफ्नो सम्पत्ति विवरण बुझाएका छन्।

सम्पत्ति विवरण बुझाउने मध्ये प्रधानमन्त्री कार्की, अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जामन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल, उद्योगमन्त्री अनिलकुमार सिन्हा, शिक्षामन्त्री महावीर पुन, कृषिमन्त्री डा. मदनप्रसाद परियार र युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता रहेका छन् ।

प्रधानमन्त्रीसहित यी ८ जनाबाट विवरण प्राप्त भएको वेबसाइटमा उल्लेख गरिएको छ। कानुन अनुसार, कुनै पनि सरकारी पदमा नियुक्त भएपछिको ६० दिन भित्र सम्पत्ति विवरण बुझाउनु अनिवार्य छ।

प्रतिक्रिया दिनुहोस्