
काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । नेपाली कम्युनिस्ट पार्टीसँगको छलफलपछि जसपाले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको हो । बैठक मंसिर १ गते बस्नेगरी बोलाइएको पार्टी अध्यक्ष राईले जानकारी दिए ।
उनका अनुसार सो बैठकमा आगामी प्रतिनिधिसभा निर्वाचनमा एकता गरेर जाने कि मोर्चा बनाएर जाने कि भन्ने विषयमा छलफल हुने छ । हिजो शनिबार मात्रै जसपा र नेकपाबीच पेरिसडाँडामा पार्टी एकताबारे वार्ता भएको थियो । वार्ता सकारात्मक भएको नेताहरुले बताएका छन् ।











