
काठमाडौं । निर्वाचन आयोगले नयाँ राजनीतिक दल दर्ताका लागि दिएको समय आज सकिँदै छ ।
फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आयोगले कार्तिक मसान्तसम्म नयाँ दल दर्ता गर्न समय दिएको थियो । आयोगले तोकेको सो समय अवधि आज साँझ कार्यालय समयपछि सकिंदैछ ।
यो अवधिमा धेरै नयाँ दलहरू आयोगमा दर्ता भएका छन् । केहीले प्रमाणपत्र लिइसकेका छन् भने प्रक्रियामा रहेका दलहरुले आज प्रमाणपत्र प्राप्त गर्ने छन् । आयोगका अनुसार हाल आधिकारिकता पाउने दलको संख्या १२६ पुगिसकेको छ । जम्मा संख्याको टुंगो भने आज लाग्ने छ ।
अब आयोगमा दर्ता भएका दलहरूले निर्वाचनमा भाग लिन पुनः दल दर्ता गर्नुपर्ने हुन्छ । आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मंसिर १० सम्म र राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मंसिर ७ गतेसम्म दल दर्ता गर्न आह्वान गरेको छ ।











