Logo
Logo

मुख्यमन्त्री नियुक्ति विवाद : मधेशमा आज पनि ७ दलको धर्ना


378
Shares

काठमाडौं । मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्ति विवाद चर्किँदै गएको छ । गत सोमबारदेखि आन्दोलित मधेश प्रदेशका सात दलका सांसद तथा नेता, कार्यकर्ता आज पनि मधेश भवन अगाडि धर्नामा बसेका छन् ।

प्रदेश सरकार असंवैधानिक ढंगले गठन गरिएको आरोप लगाउँदै नेपाली काँग्रेससहित सात दलले आजपनि बिहानैदेखि राष्ट्रिय झण्डा बोकेर आन्दोलनलाई निरन्तर दिएको हो ।

बाटो छेकेर धर्नामा बसेका दलका नेताहरूले तत्कालीन प्रदेश प्रमुखको कदम संविधानविपरीत रहेको दाबी गर्दै मुख्यमन्त्रीको बर्खास्तीको माग गरेका छन् ।

गत २४ कात्तिकमा तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदीले ठूलो दलको हैसियतमा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेर होटेलमा शपथ खुवाएपछि सात दल निरन्तर विरोधमा छन् ।

आन्दोलनमा सहभागी सात दलमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, नेकपा (माओवादी केन्द्र), लोकान्तरिक समाजवादी पार्टी (लोसपा) नेपाल, नेकपा (एकीकृत समाजवादी) र नागरिक उन्मुक्ति पार्टी रहेका छन्।

प्रतिक्रिया दिनुहोस्