Logo
Logo

चुनाव घोषणापछि ७ दल खारेज, ७ वटै थपिए


1.8k
Shares

काठमाडौं । निर्वाचन आयोगमा आइतबारसम्म १ सय २२ वटा राजनीतिक दल कायम रहेका छन् ।

The current image has no alternative text. The file name is: Nirwachan-Aayog.jpeg

अन्तरिम सरकारले निर्वाचन घोषणा गर्दा पनि १ सय २२ वटा नै राजनीतिक दल आयोगमा दर्ता रहेको र आजको मितिसम्म पनि सोही सङ्ख्यामा दर्ता भएका दल आयोगले जनाएको छ । 

आयोगबाट अनुसार यसबीचमा ७ वटा राजनीतिक दल नयाँ दर्ता भएका छन् भने ७ वटा नै यसअघि कायम भएका दल खारेज भएका छन् ।

एउटा अदालतबाट र ६ वटा सम्बन्धित दलका पदाधिकारीले दिएको निवेदनका आधारमा आयोगले खारेज गरेको हो । निर्वाचन आयोगका अनुसार अन्य २८ वटा राजनीतिक दल भने दर्ताको प्रक्रियामा रहेका छन् । आयोगमा दर्ताका लागि कागजात पेश भएका २८ वटै दलबारे सनाखत र कागजात रुजुको काम भइरहेको आयोगले जनाएको छ । 

कागजात लिएर कागजात लिएर आयोगमा पुग्नेलाई अध्ययन र सनाखत पछि प्रमाणपत्र दिनेगरी आयोगले काम गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्