Logo
Logo

वार्ता गर्नुपर्ने अवस्था छैन, विधेयक पारित भएपछि दीपावली


- दृष्टि न्युज/संवाददाता


काठमाडौं , १७ माघ ।
डा। गोविन्द केसीको अनशनलाई पेलेरै जाने तयारी सत्तारुढ नेकपाले गरेको छ। राष्ट्रियसभामा पुगेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक बिहीबार जसरी पनि पारित गर्ने रणनीति सत्तापक्षको छ। यसका लागि नेताले सांसदलाई ब्रिफिङ समेत गरेका छन् ।

अनशनरत डा. गोविन्द केसीसँग वार्ता गर्नुपर्ने अवस्था सरकारले देखेको छैन । केका लागि वार्ता गर्ने, औचित्य पनि हुनुपर्छ । विगतका माग पूरा गराउन अनशन बसेका हुन्, माग पूरा भइसकेको छ, उनलाई धन्यवाद । रिले अनशनका नाममा निजी अस्पताल पोस्ने काम चिकित्सकले गरिरहेका छन् । हामी अहिले चर्को स्वरमा बोल्ने पक्षमा छैनौँ सरकार प्रवक्ता सुचना प्रविधि तथा सञ्चार मन्त्री गोकुल बास्कोटाले भने

विधेयक प्रतिनिधिसभाबाट पनि कांग्रेसको अवरोध र होहल्लाबीच पारित भएको थियो। केसीका माग ‘हुबहु’ पूरा गर्नेगरी विधेयक आएकाले अनशन बसिरहनुको तुक नभएको सत्तापक्षको जिकिर छ। शिक्षामन्त्री गिरिराजमणि पोखरेल, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक देव गुरुङ, राष्ट्रिसभा दल नेता दीनानाथ शर्मा, नेता योगेश भट्टराईलगायतले सत्तापक्ष र केसी पक्षका मागमा देखिएको अन्तर र सत्तापक्षले अवलम्बन गर्नुपर्ने रणनीतिबारे सांसदलाई ब्रिफिङ गरेका छन्। आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छापिएको छ ।

प्रमुख प्रतिपक्षी कांग्रेसले केसीको अनशन र आन्दोलनको बलमा विधेयकलाई पुनः प्रतिनिधिसभामै फर्काउन खोजिरहेको छ। सत्तापक्ष भने जसरी पनि पारित गर्न चाहन्छ। विधेयकमा केसीका मागसमेत सम्बोधन भएको भन्दै ‘दीपावली’ गर्ने उसको रणनीति छ।

प्रतिक्रिया दिनुहोस्