Logo
Logo

आजदेखि पशुपति क्षेत्रमा मासु, मदिरा र नशालु पदार्थ बेचबिखनमा रोक


189
Shares

काठमाडौं । आजदेखि तीन दिनसम्म पशुपतिनाथ मन्दिर क्षेत्रमा मासु, मदिरा तथा नशालु पदार्थ उत्पादन, बेचबिखन, ओसार पसार, भण्डारण र सेवन गर्न निषेध गरिएको छ ।

स्थानीय प्रशासनले यही मंरिस ३ गते परेको बालाचतुर्दशी (शतविजारोपण) पर्वलाई लक्षित गरेर सुरक्षा लगायत धार्मिक, सांस्कृतिक मर्यादा र पवित्रता कायम राख्ने उद्देश्यले चार किल्ला कायम गरेर यस्तो निर्णय गरेको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले मासु, मदिरा तथा नशालु पदार्थहरू उत्पादन, बेचबिखन, ओसार पसार, भण्डारण र सेवन गर्न स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ९३० बमोजिम पूर्ण रूपमा रोक लगाइएको जानकारी दिए ।

सूचनाको बर्खिलाप हुने गरी कुनै काम गरेमा प्रचलित कानुन बमोजिम कारबाही गरिने समेत चेतावनी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्