
काठमाडौं । सरकारले फागुन २१ गते तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि एक लाख २० हजार म्यादी प्रहरी भर्ना गर्ने भएको छ । आइतबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले एकीकृत निर्वाचन सुरक्षा योजना स्वीकृत गरेको हो ।
योजना अनुसार एक लाख २० हजार निर्वाचन सुरक्षा प्रहरी (म्यादी प्रहरी)आवश्यक पर्ने र ती प्रहरी कति समयका लागि भर्ना गर्ने भन्ने बजेट अनुसार हुनेछ । निर्वाचनमा नेपाली सेना परिचालन गर्न आवश्यक प्रक्रिया अगाडि बढाउने समेत निर्णय भएको छ ।
सेना परिचालनको निर्णय गर्न राष्ट्रिय सुरक्षा परिषदमा सिफारिस गर्ने प्रयोजनार्थ रक्षा मन्त्रालयमा लेखिपठाउने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए ।











