Logo
Logo

महेश बस्नेतको नाममा सिमरा विमानस्थलमा झडप


1.8k
Shares

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतको विरोध गर्न सिमरा विमानस्थलमा भेला भएका जेनजी र प्रहरीबिच झडप भएको छ ।

बस्नेत मधेश प्रदेश स्तरीय युवा जागरण अभियान कार्यक्रममा सहभागी हुन आज बारा जाने कार्यक्रम तय भएपछि सिमराका जेनजी समूहका युवाहरूले सिमरा विमानस्थल घेराउ गरेका थिए । त्यसपछि प्रहरीले बल प्रयोग गर्ने क्रममा दुई पक्षबिच झडप भएको प्रहरीले जनाएको छ ।

अहिले विमानस्थलको सुरक्षामा जनपथ र सशस्त्र प्रहरीको ठुलो समूह खटाइएको छ । नेता बस्नेतलाई लिन अहिले विमानस्थलमा पूर्व मन्त्री तथा एमाले नेता किसान श्रेष्ठ, ज्वालाकुमारी साह र अच्युत मैनाली लगायतका नेताहरू विमानस्थलमा छन् । उनीहरूलाई पनि प्रहरीले सुरक्षा दिएर राखेको छ ।

प्रतिक्रिया दिनुहोस्