Logo
Logo

संसद विघटनविरूद्ध एमाले आइतबार सर्वोच्च जाने


189
Shares

काठमाडौ । नेकपा एमाले संसद पुनस्र्थापनाको माग गर्दै सर्वोच्च अदालत जाने भएको छ ।

मंगलबार बसेको विघटित संसदीय दलको बैठकले तत्कालिन प्रमुख सचेतक महेश बर्तौला र सचेतक सुनिता बराललाई औपचारिक रूपमा सर्वोच्च अदालत जाने अख्तियारी दिएको हो ।

आज र भोलि आवश्यक कागजपत्र तयार गर्नेसहित कानुनका जानकारहरूसँग छलफल भइरहेको भन्दै नेता बर्तौलाले आइतबार सर्वोच्चा रिट निवेदन दायर गर्ने जानकारी दिए ।

साथै एमालेले सबै राजनीतिक पार्टी, नागरिक समाज र सबै पेसा व्यवसायमा भएका व्यक्तिहरूलाई प्रतिनिधिसभा विघटन विरुद्ध उभिन आह्वान समेत गरेको छ ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले तत्कालिन केपी ओली नेतृत्वको सरकार ढलेपछि प्रधानमन्त्री बनेकी सुशीला कार्कीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेर फागुन २१ गतेलाई चुनावको मिति घोषणा गरेका थिए । सो संसद विघटनविरुद्ध एमालेले औपचारिक रुपमा अदालत जाने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्