काठमाडौं । नेकपा (एमाले)ले आगामी राष्ट्रियसभा निर्वाचनको प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गराएको छ ।

बुधबार आयोगको केन्द्रीय कार्यालय पुगेर एमाले निर्वाचन विभाग प्रमुख निरज आचार्यले दल दर्ताको औपचारिक निवेदन बुझाएका हुन् ।
एमालेले प्रतिनिधिसभाको निर्वाचनका लागि भने दल दर्ताको निवेदन दिएको छैन । उसले प्रतिनिधिसभा पुनर्स्थापनाको माग राख्दै आएको छ ।











