Logo
Logo

समृद्ध नेपालका लागि नेपाल टेलिभिजनको भूमिका अपरिहार्य :प्रम ओली


- दृष्टि न्युज/संवाददाता



काठमाडौं , १७ माघ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले अघि सारेको ‘समृद्ध नेपाल र सुखी नेपाली’को लक्ष्य हासिल गर्न नेपाल टेलिभिजनको भूमिका महत्वपूर्णरहेको बताएका छन् ।

नेपाल टेलिभिजनको ३४औं वार्षिकोत्सवका अवसरमा शुभकामना सन्देश दिदै प्रधानमन्त्री ओलीले समृद्ध नेपाल, सुखी नेपालको राष्ट्रिय लक्ष्य भेट्टाउन ‘विकासका लागि सञ्चार’ भन्ने नेटिभीको स्थापनाकालीनसन्देश आज झन् सान्दर्भिक ठहरिन पुगेको बताएका छन् ।

मुलुकको राजनीतिक सङ्क्रमण अन्त्य गरी देशको विकास र आर्थिक सामाजिक रुपान्तरणका लागि सरकार केन्द्रित भइरहेको उल्लेख गर्दै “विविधतामा एकताकोहाम्रो भावनालाई बलियो तुल्याउन र सभ्य अनि सुसंस्कृत नेपाली समाजको निर्माण गर्नमा यसको महत्व झन् बढेको छ बताएका हुन ।

नेपालको सबैभन्दा जेठो र अग्रणी टेलिभिजन प्रसारण संस्थाका रुपमा ख्याति कमाएको नेटिभीको उत्तरोत्तर प्रगतिको कामना गर्दै उहाँले यसका दर्शकले अझ बढी जीवनोपयोगी जानकारी,समाजको समग्र विकासका लागि उत्प्रेरक विषयवस्तुका साथै सूचना र स्वस्थ मनोरञ्जन प्राप्त गर्ने विश्वाससमेत व्यक्त गरेका छन् ।

झण्डै साढे तीन दशकअघि स्थापित नेटिभीले आजैदेखि आफ्नो प्रसारणमा एचडी प्रविधिलाई अङ्गीकार गरेकामा खुशी व्यक्त गर्दै प्रधानमन्त्री ओलीले टेलिभिजन प्रसारण जगत्मा अत्याधुनिकप्रविधिलाई आत्मसात् गर्दै नयाँ उचाइ हासिल गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्