Logo
Logo

एमाले सचिवालय बैठक बस्दै, के-के छन् छलफलका एजेण्डा ?


504
Shares

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । ११औँ राष्ट्रिय महाधिवेशनको तयारीका सन्दर्भमा छलफल गर्न बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजे बस्ने भएको हो ।

बैठकले महाधिवेशन सम्बन्धी निर्णय गर्ने केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । एमालेको ११औँ राष्ट्रिय महाधिवेशन यही मङ्सिर २७, २८ र २९ गते काठमाडौँमा हुँदैछ ।

यसका लागि एमालेले मंसिर १३ गते एकै दिन प्रतिनिधि छनोट गर्दैछ । त्यसबाहेक पार्टीले शनिबार काठमाडौँमा गर्ने प्रदर्शनबारेमा समेत बैठकमा छलफल हुने छ ।

एमालेले प्रतिनिधिसभा पुनः स्थापनाका लागि सडक र अदालत दुवैबाट दबाब दिने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्