
काठमाडौं । अमेरिकाले डिपोर्ट गरेका थप ३५ जना नेपाली काठमाडौं आइपुगेका छन् । अमेरिकाले चार्टर्ड विमानमार्फत् बुधबार ३५ नेपालीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अवतरण गराएको हो ।
अवैध रुपमा बस्दै आएका विदेशी नागरिकलाई राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिअनुसार अमेरिकाले देश निकाला गर्दै आएको छ । यसअघि पनि धेरै नेपाली निष्कासन भएर नेपाल फिर्ता भइसकेका छन् ।
हिजो काठमाडौं आइपुगेका ३५ नेपालीलाई अध्यागमन कार्यालयले मानव बेचबिखन अनुसन्धान ब्युरोमा पठाएको थियो ।
ब्युरोले सामान्य सोधपुछ गरी उनीहरूलाई छाडिसकेको एसएसपी कृष्ण पंगेनीले बताए ।











