Logo
Logo

संसद्का दुबै सदनको बैठक बस्दै, राष्ट्रियसभाबाट चिकित्सा शिक्षा विधेयक पारित गर्ने तयारी


- दृष्टि न्युज/संवाददाता


काठमाडौं , १७ माघ ।

सरकारले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक बिहीबारको राष्ट्रियसभा बैठकबाट पारित गर्ने तयारी गरेको छ। दिउँसो १ बजे बस्ने बैठकबाट चिकित्सा शिक्षा विद्येयक पारित गर्ने कार्यसूची रहेको छ ।

अवरोध र होहल्लाबीच प्रतिनिधिसभा बैठकबाट पारित भएको विधेयक राष्ट्रियसभामा भने रोक्ने कांग्रेसको तयारी छ। कांग्रेसले यसअघि उठाउँदै आएको दुई अस्पताललाई केन्द्र मातहत रहनेगरि गठन आदेश निरन्तरताको विषयमा सरकारले माग अनुसार निर्णय गरिसकेको छ। जिपी कोइराला स्वास प्रश्वास उपचार केन्द्र तनहुँ र सुशील काइराला प्रखर क्यान्सर अस्पताललाई केन्द्र मातहत नै राख्नेगरि सरकारले निर्णय गरिसकेको छ। तर, नेपाली कांग्रेसले आफ्नो सहमति बेगर चिकित्सा विधेयक पारित गरेकाले उक्त प्रक्रिया सच्याउन मागसहित अवरोधको तयारी गरेको छ ।

संसदीय दलको कार्यालय सिंहदरबारमा बिहान ११ बजे बस्ने बैठकमा संसद अवरोध गर्नेबारे रणनीति बनाउने छ भने सभामुख महराले भने बिहीबार बिहान १२ बजे कांग्रेस नेतालाई परामर्शका लागि बोलाएका छन्।

प्रतिक्रिया दिनुहोस्