Logo
Logo

पार्टी एकताका लागि राणा र लोहनीबीच हस्ताक्षर, शुक्रबार घोषणा हुने


- दृष्टि न्युज/संवाददाता



काठमाण्डौं १७ माघ ।
पशुपति शमशेर राणा अध्यक्ष रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको एकिकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) एकताको सहमति भएको छ राणा र लोहनीले पार्टी एकताको सहमतिमा बिहीबार हस्ताक्षर गरेका छन् । पार्टी एकताको घोषणा भने शुक्रबार हुँदै छ ।

राप्रपा प्रजातान्त्रिकको पार्टी कार्यालय चावहिलमा दुई नेताले हस्ताक्षार गरेका हुन् । दुबै पार्टीको केन्द्रीय पदाधिकारीको संयुक्त बैठक बसरे दुबै अध्यक्षले पार्टी एकतामा हस्ताक्षर गरेका हुन् ।
दुई पार्टीका शीर्ष नेतृत्वबीच लगातारको छलफलपछि पार्टी एकताको मिति टुंगो लागेको हो । एकीकृत पार्टीमा दुबै अध्यक्ष रहने गरी सामूहिक नेतृत्वको प्रणाली अवलम्बन गरिएको छ भने राजासहितको प्रजातन्त्रलाई पार्टीले आत्मसात गर्ने बताइएको छ ।

दुई पार्टीबीच शुक्रबार काठमाण्डुको राष्ट्रिय सभागृहमा एकता घोषणा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्