Logo
Logo

काठमाडौं जिल्ला अदालतमा मुद्दा जिताइदिने भन्दै पाँच लाख घुस लेनेदन, नासु पक्राउ


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, १७ माघ ।
मुद्दा जिताइदिने भन्दै काठमाडौं जिल्ला अदालतमा कार्यरत नायव सुब्बा भोलानाथ चालिसेले पाँच लाख रुपैयाँ घुस लिएका छन् । घुस लिएलगत्तै उनी पक्राउ परेका छन् । सवारी ज्यान मुद्दा जिताइदिने भन्दै उनले घुस मागेका थिए ।


अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टङ्गालबाट खटिएको टोलीले उनलाई वन परिसर बबरमहलबाट पक्राउ गरेको हो । यसमा न्यायधीशको समेत मिलेमतो हुन सक्ने आशंका गरिएको छ ।
प्रधानन्यायधीश चोलेन्द्र शमशेर राणाले न्यायलयमा हुने भ्रष्टाचारविरुद्ध कारबाही अघि बढाएको बताइएकै बेला यसरी अदालतको घुसकाण्ड बाहिर आएको छ । यसले उनको कारबाही देखावटी जस्तो मात्र भएको प्रष्ट भएको छ ।

प्रतिक्रिया दिनुहोस्