Logo
Logo

कांग्रेसको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित


- दृष्टि न्युज/संवाददाता



काठमाण्डौ, १७ माघ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ । आइतबार बस्ने गरी बैठक स्थगित गरिएको हो ।

संसद बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरु उठेर विरोध जनाएपछि कांग्रेस सांसद मिनेन्द्र रिजाललाई सभामुखले बोल्ने समय दिएका थिए । रिजालले आफ्नो भनाई सक्दै संसद बैठक अगाडि बढ्न नसक्ने भनेपछि कांग्रेस सांसदहरु उठेर बैठक अवरुद्ध गराएका हुन् ।

प्रतिनिधिसभाको आजको बैठकमा नेता रिजालले सरकार ‘प्रोपोगाण्डा’ र झुटा कुरालाई प्रचार गर्न लागि परेको आरोप लगाए । ‘अहंकार र दम्भको शासन झुक्छ भन्ने डरले सरकारले डा. केसीसँग वार्ता गर्न नखोजेको हो’, भन्ने प्रश्न गर्दै उनले भने ‘होइन भने अझैसम्म डा.केसीको जीवन रक्षाको पहल किन हुन सकेन ?’

संसदमा सभामुखको भूमिका निष्पक्ष नरहेको, चिकित्सा शिक्षा विधेयक प्रतिपक्षी दललाई पेलेर पास गराएको, संवैधानिक परिषदमा सरकारले एकलौटी रुपमा निर्णय गरेर अघि बढेको भन्दै सबै विषय नसच्चाए सम्म बैठक अवरुद्ध गरिरहने बताए ।

प्रतिक्रिया दिनुहोस्