Logo
Logo

एमाले पदाधिकारीमा ५० बढी आकांक्षी, कुन प्रदेशबाट को ?


1.1k
Shares

काठमाडौं । नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशन यहि मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुँदैछ । महाधिवेशन नजिकिएसँगै एमाले पंक्ति नेतृत्व चयनको गृहकार्यमा केन्द्रित भएको छ ।

यसपटक एमालेमा अध्यक्षका लागि दुई समूह (केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल) बीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

त्यस्तै संशोधित विधान बमोजिम हालका १९ सदस्यीय पदाधिकारी संख्या घटेर १५ जना मात्र पदाधिकारी रहने एमालेमा आकांक्षीहरु भने ५० भन्दा बढी देखिएका छन् । कोशी प्रदेशबाट मात्रै पदाधिकारीका लागि ११ जना आकांक्षी देखिएका छन् ।

त्यस्तै मधेशबाट ८, बागमती १५, लुम्बिनी १२, गण्डकी ६, कर्णाली ३ र सुदूरपश्चिम २ जना आकांक्षी देखिँदा केन्द्रीय सदस्यहरुबाट १० जना बढीले पदाधिकारीमा उठ्ने आकांक्ष व्यक्त गरेका छन् ।

अध्यक्ष
केपी शर्मा ओली
ईश्वर पोखरेल

पदाधिकारीमा कुन प्रदेशबाट को आकांक्षी ?
कोशी प्रदेश
योगेश भट्टराई, गुरू बराल, भीम आचार्य, लालबाबु पण्डित, शेरधन राई, हिक्मत कार्की, भानुभक्त ढकाल, राजेन्द्र गौतम, अग्नि खरेल, परशुमेघी गुरुङ, विनोद ढकाल ।

मधेश प्रदेश
जुलीकुमारी महतो, रघुवीर महासेठ, लिला श्रेष्ठ, सुमन प्याकुरेल, पुरुषोत्तम पौडेल ।

बागमती
रामबहादुर थापा, विन्दा पाण्डे, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, विष्णु रिमाल, काशीनाथ अधिकारी, रघुजी पन्त, कृष्णगोपाल श्रेष्ठ, राजन भट्टराई, शेरबहादुर तामाङ, सिताकुमारी पौडेल, अरुण नेपाल, गोकुल बाँस्कोटा, महेश बस्नेत, विनोद श्रेष्ठ ।

लुम्बिनी
शंकर पोखरेल, प्रदीप ज्ञवाली, गोकर्ण बिष्ट, युवराज ज्ञवाली, विष्णुप्रसाद पौडेल, छविलाल विश्वकर्मा, ठाकुर गैरे, लिला गिरी, वैजनाथ चौधरी, खिमलाल भट्टराई, सूर्य थापा, रामकुमारी झाँक्री ।

गण्डकी
पृथ्वीसुब्बा गुरूङ, पद्या अर्याल, किरण गुरुङ, थममाया थापा, खगराज अधिकारी, जगत विश्वकर्मा ।

कर्णाली
यामलाल कँडेल, गोरखबहादुर बोगटी, भैरवबहादुर श्रेष्ठ ।

सुदूरपश्चिम
कर्ण थापा, लेखराज भट्ट ।

केन्द्रीय सदस्यबाट
विष्णु रिजाल, निरज आचार्य, विद्या भट्टराई, माधव ढुंगेल, झपड रावल, किशोर विक्रम मल्ल, नबिना लामा, उषाकिरण तिम्सिना, ऐन महर, रमेश पौडेल लगायत आकांक्षी छन् ।

प्रतिक्रिया दिनुहोस्