
काठमाडौं । सप्तरीमा बस र ट्रक आपसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ भने ११ जना यात्रु घाइते भएका छन् ।
गएराति कञ्चनरुप नगरपालिका २ बरमझियास्थित पूर्व पश्चिम लोकमार्गमा बस र ट्रक आपसमा ठोक्किँदा ५० वर्षीय एक पुरुषको मृत्यु भएको हो । सप्तरी प्रहरीका अनुसार मृतकको नाम ठेगाना खुल्न सकेको छैन ।
दुर्घटनामा महोत्तरीको जलेश्वर नगरपालिका ४ का ५४ वर्षीय जेरुद्र झा, सुनसरी हरिनगरा गाउँपालिका ४ को ३१ वर्षीय शंकर कुमार मेहता, धनुषा लक्ष्मनिया गाउँपालिका ६ का २३ वर्षीय सोनु राम, झापा बुद्धशान्ती गाउँपालिका १ बस्ने टिका देवी दुलाल, सर्लाही पर्सा गाउँपालिका ६ का ४० वर्षीय मनोजकुमार साह र मोरङ सुन्दर हरैचा न।पा। ४ का २७ वर्षीय २७ की कृतिका कोइराला घाइते भएका छन् ।
त्यसैगरि दुर्घटनामा भारतको मधुवनी सुजातपुर नगरपालिका ११ का ३२ वर्षीय मो। सहिद, १२ वर्षीय अलताफ ईनताफ, भारत रागोरपुर बख्री ४ का २२ वर्षीय अनिसकुमार शर्मा, जिल्ला सितामाडी भिठामोड ४ बस्ने २४ वर्षीय सुभान्सुकुमार झा र भारत सिरखण्डी भिठा ६ बस्ने का ७३ वर्षीया शान्ती देवी पनि घाइते भएका छन् ।











