Logo
Logo

अधिकारी र भण्डारीलाई आज अदालत उपस्थित गराइँदै


441
Shares

काठमाडौं । नलिनचोकस्थित हेलिपोर्ट निर्माण गर्दा भ्रष्टाचार गरेको अभियोगमा पक्राउ परेका नेपाल नागरिक उड्डययन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र पूर्वनिर्देशक मुरारी भण्डारीलाई आज विशेष अदालतमा उपस्थित गराइँदै छ ।

सम्झौताबमोजिम विस्तृत अध्ययन प्रतिवेदन पेसै नगरी र अन्य प्रक्रिया पनि पूरा नगरी हेलिपोर्ट निर्माण गरेको अभियोगमा बुधबारदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा रहेका उनीहरूलाई आज अदालत उपस्थित गराइने भएको हो ।

आज विशेष अदालतमा उनीहरूको बकपत्र हुनेछ भने यो पक्रिया सकिए आजै थुनछेक बहस सुरु हुनेछ । तर आजै थुनछेक सुरु हुने सम्भावना कम छ । अख्तियारले लामो समयको अनुसन्धान गरेर बुधबार अधिकारी र भण्डारीसहित ७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

प्रतिक्रिया दिनुहोस्