Logo
Logo

हेटौँडाको बजार क्षेत्रको सडक विस्तार कार्य रोक्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश


0
Shares

काठमाडौं । हेटौँडाको बजार क्षेत्रको सडक विस्तार गर्नेविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । 

The current image has no alternative text. The file name is: court.jpg

रास्वपाकी पूर्व सांसद विन्दवासिनी कंसाकारले दायर गरेको रिटमा न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले दुवै पक्षलाई छलफलमा बोलाउँदै उक्त अवधिसम्म सडक विस्तारको कार्य कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको हो । 

सडक डिभिजन कार्यालय हेटौँडाले आजसम्मको समय दिँदै सडक विस्तार गर्ने सूचना जारी गरेको थियो । सर्वोच्चले दुवै पक्षलाई छलफलका लागि मङ्सिर २६ गते बोलाएको छ । 

हेटौँडा उपमहानगर क्षेत्रभित्र पर्ने राष्ट्रिय राजमार्गको सडक सीमा केन्द्र रेखादेखि २५–२५ गजभित्र बनेका स्थायी तथा अस्थायी प्रकृतिका घरटहरा, संरचना हटाउन दिएको १५ दिने अल्टिमेटम दिँदै सडक डिभिजनले मङ्सिर २० देखि सडक विस्तारको काम सुरु गर्ने र सीमाभित्रका संरचना हटाउने बताएको थियो ।

प्रतिक्रिया दिनुहोस्