रुपन्देही । भैरहवाको सिद्धार्थनगर–८ मा रहेको होटल एसियन परिसरको इलिगेन्ट इन्टरटेन्मेन्ट सेन्टर (मिनि क्यासिनो)मा फेरि पुरानै विवादास्पद व्यक्ति हावी भएका छन् ।

झापा मेचीनगर–९ का समीर शर्मा, जो यसअघि कमिसन हिनामिना, शेयरधनीहरूलाई आपसमा झगडा लगाउने र नियमविपरीत लाइभ गेम सञ्चालन गरेको आरोपमा क्यासिनोबाट हटाइएका थिए । अहिले पुनः संचालकको रवाफका साथ सक्रिय देखिएका छन् । यो बिचमा उनले फर्जी कागजात तयार पारी संचालक बिछ सेयरको बिबाद सिर्जना गरेको बाताइन्छ ।
स्रोतका अनुसार शर्माले वर्तमान प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेल आफ्नै गृहजिल्ला झापाका र दैनिकजसो भेटघाट हुने भन्दै ‘सिडियो साब हाम्रै गाउँले, सबै आफैं मिल्छ’ भन्दै क्यासिनोभित्र–बाहिर हालीमुहाली चलाउन थालेका छन् । केही दिनअघि प्रजिअ पोखरेलले बोलाएको रुपन्देहीका सबै क्यासिनो सञ्चालकहरूको बैठकमा पनि जागिरबाट पहिले नै हटाइसकिएका शर्मा नै इलिगेन्ट क्यासिनोको प्रतिनिधि बनेर उपस्थित भएका थिए । यो बिसय झनै शंकासपद रहेको छ ।
स्रोतले बताएअनुसार शर्मा सुरुमा सामान्य कर्मचारीको रूपमा भित्रिएका थिए । पछि हप्तावारी–महिनावारी कमाइको कमिसन आफैं लिने, सञ्चालकलाई थाहै नदिई नियमविपरीत लाइभ गेम चलाउने र शेयरधनीहरूबीच फाटो ल्याएर व्यक्तिगत लाभ लिने गरेको आरोपमा उनलाई हटाइएक थियो । पछि उनी होटल संचालकको साथ लिएर क्यासिनोका सेयर धनिलाई फुटाएर एक पक्षको साथमा भित्रभित्रै सक्रिय रहेको बताइन्छ । हाल नयाँ प्रजिअ आएलगत्तै ‘गाउँले साइनो’लाई हतियार बनाएर उनी फेरि हर्ताकर्ता बनेका छन् ।
यो मात्र होइन, घाटामा डुबेको होटललाई फर्जी कागजात बनाएर नाफामा देखाई आईपीओ जारी गर्ने अन्तिम तयारी पनि उनै शर्माको योजनामा अगाडि बढिरहेको स्रोतको दाबी छ । यस्तो अपारदर्शी कामले चारतारे होटलको लाइसेन्स नै खारेज हुने जोखिम बढेको र शेयरधनीहरूबीच ठूलो असन्तुष्टि पैदा भएको बताइएको छ ।
‘पहिले पनि यिनैले सबै बिगारेका थिए, फेरि सिडियोकै अगाडि यस्तो रवाफ देखाउन थालेपछि क्यासिनो र होटल दुवै डुब्ने निश्चित छ,’ क्यासिनोका एक पुराना कर्मचारीले नाम नबताउने शर्तमा भने ।











