
एजेन्सी । अमेरिकाको अलास्का र क्यानडाको युकोन क्षेत्रको सिमानामा शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार शनिबार राति ७.० म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पको केन्द्रबिन्दु अलास्काको जुनाउबाट लगभग ३७० किलोमिटर उत्तरपश्चिममा र युकोनको ह्वाइटहर्सबाट लगभग २५० किलोमिटर पश्चिममा थियो ।
अमेरिकी अधिकारीहरूले भूकम्पपछि दुई परकम्प पनि गएको बताएका छन् । यद्यपि भूकम्पका कारण अहिलेसम्म कुनै मानवीय तथा भौतिक क्षतिको खबर छैन ।











