Logo
Logo

७ दिन इन्डिगोको सेवा अवरुद्ध हुँदा ४ अर्ब ३० करोड डलर डुब्यो


378
Shares

एजेन्सी । भारतको ठूला एअरलाइन्समध्ये एक इन्डिगोको बजार मूल्य पछिल्ला सात दिनमा ४ अर्ब ३० करोड डलरले खस्किएको छ । सेवा अवरुद्ध बनेपछि इन्डिगो सञ्चालक इन्टरग्लोब एभिएसन लिमिटेडको शेयर लगातार घटिरहेको छ।

The current image has no alternative text. The file name is: indigo-1.jpg

आज मात्रै कम्पनीको शेयर ८।६२ प्रतिशतले ओरालो लाग्यो । गत मङ्गलबार प्रतिकत्ता ५,७०० भारुमा रहेको शेयर आज ४,९०७ भारुमा झरेको छ ।

उता, सातौँ दिन पनि इन्डिगोका उडानहरू रद्द भइरहेका छन्। आज थप पाँच उडान रद्द भए । गत शुक्रबार एकैदिन १ हजारभन्दा बढी उडान रद्द भएका थिए। पाइलटहरूको काम गर्ने समय सीमित गर्ने नयाँ नियमअनुसार तयारी नपुग्दा पाइलट अभाव सिर्जना हुँदै सेवा अवरुद्ध भएको हो

कम्पनीका अनुसार सेवा पूर्ण रूपमा सामान्य हुन अझै केही दिन लाग्नेछ ।

प्रतिक्रिया दिनुहोस्