काठमाडौं । एमाले महाधिवेशनलाई लक्षित गर्दै सरकारले नागढुंगा-मलेखु सडकखण्ड २६ र २७ मंसिरमा पूर्णरूपमा सञ्चालन गर्ने निर्णय गरेको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङको सचिवालयले सो जानकारी दिएको हो ।
यसअघि राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षीतिज थेबे नेतृत्वको टोलीले मन्त्री घिसिङलाई भेटेर राजमार्ग निरन्तर सञ्चालन गर्न आग्रह गरेका थिए । सोही अनुरूप, महाधिवेशनको समयमा सडक पूर्णरूपमा सञ्चालन रहने भएको हो ।
सडक विभागले कालोपत्र र स्तरोन्नति कार्य तीव्र बनाउन आजदेखि आंशिक बन्द सुरु गरेको थियो । आयोजना अनुसार नागढुंगादेखि पिप्लामोड र पोखरे भिर क्षेत्रमा बिहान १०:३० बजेबाट अपराह्न ३:३० बजे सम्म दैनिक पाँच घण्टा सडक बन्द गर्ने तयारी भइरहेको छ।











