Logo
Logo

५ देशका नवनियुक्त राजदूतले राष्ट्रपतिलाई बुझाए ओहोदाको प्रमाणपत्र


378
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पाँच देशका नवनियुक्त राजदूतले आज ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित छुट्टाछुट्टै औपचारिक समारोहमार्फत ओहोदाका प्रमाणपत्र बुझाइएको हो ।

The current image has no alternative text. The file name is: rajdut.jpg

प्रमाणपत्र बुझाउने राजदूतमा उज्वेकिस्तानका सर्दोर मिर्जायुसुपोभिच रुस्तामबायेभ, रोमानियाकी सेना लतिफ, ताजिकिस्तानका लुक्मोर बोबोकालोन्जोदा, आइसल्याण्डका बेनेडिक्ट हेओस्कुल्द्सन तथा क्युवाका हुवान कार्लोस मार्सान अगुइलेरा रहेका छन् ।

नवनियुक्त राजदूतहरूलाई लाजिम्पाटबाट शीतलनिवाससम्म रिसल्लासहितको बग्गीमा सवारी गराइएको राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्