Logo
Logo

वास्तविक माओवादी हामी हौँ : खड्गबहादुर विश्वकर्मा


441
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का प्रवक्ता खड्गबहादुर विश्वकर्माले आफूहरू नै वास्तविक माओवादी रहेको दाबी गरेका छन् । बागमती प्रदेश कमिटिको आयोजनामा बिहीबार भएको कार्यक्रममा उनले असली माओवादी आफूहरू भएपनि त्यसको रूप र सार पाउन ११ वर्ष लागेको बताए ।

The current image has no alternative text. The file name is: khadk.jpg

उनले जनयुद्धका प्रतिनिधि र माक्र्सवाद, लेनिनवाद र माओवादबाट निर्देशित भएर नेपाली क्रान्तिलाई त्यसको आधारमा विकसित गर्ने पार्टी र नेतृत्व आफूहरू भएको दाबी गरे ।

११ वर्षको संर्घष पछि आफूलाई माओवादीकै रूपमा प्रस्तुत गर्न पाएको उनको भनाइ छ । गत कात्तिक १९ गते पुष्पकमल दाहालले माधव नेपाल लगायतका अरू पार्टीहरूसँग एकताको नाममा माओवाद र माओवादी परित्याग गरेको बताए ।

दाहाललाई माओवादीले प्रयोग गरेको चुनाव चिन्ह पनि सैह्य नभएको उनको आरोप छ । उनले माओवादीलाई समाप्त पार्ने डिजाईन भएको बुझेर नै माओवादीलाई आफूहरूले पुनः ब्राण्डिङ गर्न लागेको बताए ।

प्रतिक्रिया दिनुहोस्