Logo
Logo

रहेनन् मूर्तिकार बालकृष्ण तुलाधर


441
Shares

काठमाडौँ । मूर्धन्य मूर्तिकार बालकृष्ण तुलाधरको ९१ वर्षको उमेरमा आज निधन भएको छ । सहिदगेटमा स्थापित राजा त्रिभुवनको शालिकलगायत सहिद गङ्गालाल, दशरथचन्द, धर्मभक्त र शुक्रराजको शालिक तथा त्यहाँ रहेका चारवटा तस्बिर उनका सिर्जना हुन् ।

The current image has no alternative text. The file name is: murtikar.jpg

त्यसैगरी, टुँडिखेलको सैनिक मञ्चमा रहेका छ जना सिपाहीको शालिक, बनेपा चौबाटोमा रहेको त्रिभुवनको शालिक, शोभाभगवतीमा रहेको अर्धकदको गणेशमान सिंहको शालिक तथा त्रिमूर्ति लक्ष्मीप्रसाद देवकोटा, लेखनाथ पौडेल र वालकृष्ण सम०का शालिक उहाँका कलाकारिताका नमूना हुन् ।

विसं १९९२ मा काठमाडौँको यट्खा टोलमा जन्मनुभएका तुलाधरका चार छोरा र तीन छोरी छन् ।

प्रतिक्रिया दिनुहोस्