Logo
Logo

एमाले महाधिवेशन: सल्लाघारीमा उद्घाटन कार्यक्रमको तयारी धमाधम


819
Shares

काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनको उद्घाटन समारोहका लागि भक्तपुरको सल्लाघारीमा आवश्यक तयारी तीव्र बनाइएको छ । सल्लाघारी चौरमा मञ्च लगाएका अन्य अस्थायी पूर्वाधार निर्माणको कार्यलाई तीव्र पारिएको हो । 

The current image has no alternative text. The file name is: yamale-1.jpg

उद्घाटन स्थलमा मञ्च निर्माणका साथै शौचालय, अतिथिहरुलगायतका लागि आवश्यक अस्थायी संरचनाहरु निर्माण कार्य तीव्र पारिएको छ । यही मङ्सिर २७ गते सल्लाघरी चौरमा उद्घाटन सत्र सुरु गरी पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गर्ने तथा २८ र २९ गते भृकुटीमण्डपमा बन्द सत्र एवं निर्वाचनबाट नयाँ केन्द्रीय कमिटी चयन गरिने भएको एमालेले जनाएको छ । 

महाधिवेशनलाई सफल बनाउन आवश्यक सबै तयारी तीव्र ढङ्गले अघि बढेको एमाले नेता देवेन्द्र दाहालले जानकारी दिए । उनले पार्टीको नेतृत्व सकेसम्म सहमति र सहमति नभए लोकतान्त्रीक विधिबाट टुङ्गो लगाउने बताउनुभयो । दाहालले पदाधिकारीमा आफ्नो दावेदारी रहने भन्दै नेताहरूसँग छलफल भइरहेको जिकिर गरे । 

राष्ट्रिय महाधिवेशन आउन केही दिन बाँकी रहँदा ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा समेत नेताहरू चहलपहल बाक्लो भएको छ । पार्टी नेतृत्वबारे छलफल र उम्मेदवारका विषयमा नेता तथा कार्यकर्ता समेत छलफलमा व्यस्त छन् । एमालेले महाधिवेशन सम्पन्न गर्नका लागि विभिन्न समिति गठन गरिसकेको छ ।  

प्रतिक्रिया दिनुहोस्