काठमाडौँ । अमेरिकाको रोड आइल्याण्डस्थित ब्राउन विश्वविद्यालयमा भएको गोलीकाण्डमा दुई जनाको मृत्यु भएको छ भने आठ जना गम्भीर घाइते भएका छन् ।

घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ र उनीहरूको अवस्था स्थिर रहेको बताइएको छ । यद्यपि, प्रोभिडेन्सका मेयर ब्रेट स्माइलीले मृत्यु हुनेको संख्या बढ्न सक्ने चेतावनी दिएका छन् ।
प्रहरीका अनुसार आक्रमणकारी अझै फरार छन् । संदिग्ध व्यक्तिले कालो लुगा लगाएको र पैदलै घटनास्थलबाट भागेको बताइएको छ । प्रहरीले एक जनालाई हिरासतमा लिएको छ, तर अनुसन्धानपछि उनी घटनासँग सम्बन्धित नभएको पाइएको छ । त्यसपछि उनलाई रिहा गरिएको छ। ब्राउन विश्वविद्यालय र वरपरको क्षेत्रका लागि घरभित्रै बस्न चेतावनी जारी छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गोलीकाण्डको बारेमा आफूलाई जानकारी गराइएको बताएका छन् ।











