Logo
Logo

यूके पठाइदिन्छु भन्दै ४८ जनाबाट ४ करोड ३९ लाख ठगी


693
Shares

काठमाडौं । वैदेशिक रोजगारीमा ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–२७ घर भएका ५१ वर्षीय मनोज कुमार सिंह र भक्तपुर मध्यपुर थिमि नगरपालिका–९ बस्ने दोलखा मेलुङ गाउँपालिका–७ घर भएका ५१ वर्षीय नर बहादुर श्रेष्ठ भन्ने लड्डु बहादुर श्रेष्ठ रहेका छन् ।

उनीहरूले आकार्षक तलबको प्रलोभनमा युके पठाइदिन्छु भन्दै ४८ जना पीडितहरूबाट ४ करोड ३९ लाख ५१ हजार ५ सय ५८ रूपैयाँ लिई सम्पर्कविहीन भएको आरोप छ । पीडितहरूको उजुरीको आधारमा प्रहरीले उनीहरूलाई झापाको धुलाबारीबाट पक्राउ गरेको हो ।

झापामा पक्राउ परेका उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौँ ल्याइएको र थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्