
file photo
काठमाडौं । बिपी राजमार्ग अन्तर्गत काभ्रेमा बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।
आइतबार बिहान नमोबुद्ध नगरपालिका–२ पातलेमा बागमती प्रदेश ०१–००६ ख ४८०८ नम्बरको बसले ठक्कर दिँदा सोही ठाउँका ८२ वर्षीय पोटबहादुर कटुवालको मृत्यु भएको हो ।
अरनिको एक्सप्रेस बसका चालक काभ्रे प्रहरीको सम्पर्कमा पुगेका छन भने स्थानीयले क्षतिपूर्तिको माग गर्दै राजमार्ग अवरोध गरेका छन् ।
प्रहरीले शवको मुचुल्का गरी राजमार्गको अवरोध खुलाउन पहल गरिरहेको इलाका प्रहरी कार्यालय बनेपाका डिएसपी रामेश्वर त्वातिले जानकारी दिए ।











