Logo
Logo

एमाले महाधिवेशनको बन्दसत्र ३ बजेलाई सर्याे


378
Shares

काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सरेको छ । शनिबार भक्तपुरको सल्लाघारीमा उद्घाटन भएको महाधिवेशनको बन्दसत्र भृकुटीमण्डपमा हुँदैछ ।

यसअघि बिहानै साढे ७ बजे सुरु गर्ने भनिएको बन्दसत्र सारेर ३ बजे पुर्याइएको हो । केन्द्रीय कमिटीको बैठकपछि प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले बन्दसत्र ३ बजेका लागि सारिएको जानकारी दिए ।

बन्दसत्र सुरु हुनुअघि केन्द्रीय कमिटी बैठक बसेको थियो । बैठकले विधान महाधिवेशनको निर्णय उल्ट्याएर एमालेलाई पुरानै संरचनामा फर्काएको छ ।

प्रतिक्रिया दिनुहोस्