Logo
Logo

श्रीमती बेपत्ता भन्दै जाहेरी, अनुसन्धान गर्दा श्रीमान्‌बाटै हत्या


504
Shares

काठमाडौं । श्रीमती हत्याको आरोपमा श्रीमान पक्राउ परेका छन् । पक्राउ पर्नेमा संखुवासभाको मादीका प्रेम दोर्ची शेर्पा रहेका प्रहरीले जनाएको छ । शेर्पाले नै आफ्नो श्रीमती बेपत्ता भएको भन्दै प्रहरीमा जाहेरी दिएका थिए ।

The current image has no alternative text. The file name is: arrested-3.jpg

९ मंसिरको राति साढे १० बजेतिर श्रीमती मिना शेर्पा र आफू ओखरबोट बजारबाट फर्कँर्दै गर्दा आफूखुसी बीच बाटोबाट हिँडेर बेपत्ता भएको भन्दै श्रीमान प्रेमले प्रहरीमा जाहेरी दिएका थिए ।

तर प्रहरी अनुसन्धानको क्रममा मिनाको हत्या भएको खुलेको हो । मिनाको हत्या प्रहरीमा जाहेरी दिने उनै श्रीमान प्रेम दोर्चीले गरेको खुलेको प्रहरीले जनाएको छ । 

त्यसरात बजारबाट घर फर्कने क्रममा विवाद भएपछि कुटपिट गरेर हत्या गरेपछि त्रिपालले बेरेर खाल्डो खनेर गाडेको श्रीमान् प्रेम दोर्चीले स्वीकार गरेको प्रहरीले जनाएको छ । 

हत्या गरेर गाडेको अवस्थामा शव समेत प्रहरीले उत्खनन गरेको छ । घटनाको १९ दिनपछि पक्राउ परेका प्रेम दोर्चीविरुद्ध कर्तव्य ज्यानको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस्