काठमाडौं । अस्ट्रेलियाको सिड्नीस्थित बोन्डी बीचमा भएको गोलीबारीमा कैयौँ घाइते भएका छन् ।

बोन्डी बीचमा हनुक्का उत्सव मनाउन एक हजार भन्दा बढी भेला भएको अवस्थामा अन्धाधुन्ध गोल चलेको थियो । न्यू साउथ वेल्स प्रहरीले गोली चलाउने दुई जनालाई पक्राउ गरेको जनाएको छ ।
गोली लागेका १३ जनालाई अस्पताल लागिएको र कैयौँ हताहत भएको हुनसक्ने बताइएको छ ।











