Logo
Logo

एमालेका सबै क्लस्टरको केन्द्रीय सदस्यमा ४० वर्षमुनिका युवाको कोटा राख्न प्रस्ताव


567
Shares

काठमाडौं । नेकपा एमालेले सबै क्लस्टरको केन्द्रीय सदस्यमा ४० वर्षमुनिका युवाको कोटा राख्ने भएको छ ।

भृकुटीमण्डपमा जारी महाधिवेशनको बन्दसत्रमा महासचिव शङ्कर पोखरेलले सो प्रस्ताव पेश गरेका हुन् ।

भौगोलिक क्षेत्रका रूपमा कोशी प्रदेश कमिटीमा ४० वर्षमुनिको युवा १ सहित खुला ६ र महिला १ जना रहेनछन् । मधेशमा ४० वर्षमुनिको युवा १ सहित खुला ६ र महिला १ जना रहने छन् ।

बागमतीमा ४० वर्षमुनिको १ सहित खुला ६ महिला ३ र गण्डकीमा पनि सोही अनुसार हुनेछ ।

यस्तै कर्णालीमा ४० वर्षको १ युवासहित खुला ६ महिला ३ र राजधानी प्रदेश कमिटी ४० वर्षमुनिको १ युवासहित खुला ६ र महिला ३ जना रहने प्रस्ताव गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्